• ट्रेण्डिङ्ग :
रास्वपा उपनिर्वाचनमा भाग लिँदै, उम्मेदवारका लागि दरखास्त आव्हान

रास्वपा उपनिर्वाचनमा भाग लिँदै, उम्मेदवारका लागि दरखास्त आव्हान


  • 3.6K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    रास्वपा उपनिर्वाचनमा भाग लिँदै, उम्मेदवारका लागि दरखास्त आव्हान

    काठमाडौं, २२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन समन्वय समितिका अनुसार उपनिर्वाचन हुन लागेका सबै स्थानमा उम्मेदवारी दिने भएको हो ।

    images

    त्यसकालागि पार्टीले उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ । सकभर सर्वसम्मतका आधारमा उम्मेदवार चयन गरिने बताइएको छ । स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो ।

    २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपाको जन्म नै भएको थिएन । आगामी मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा चुनाव हँदैछ ।


    तेस्रो आँखा