• ट्रेण्डिङ्ग :
ईडीभी भर्ने आज अन्तिम दिन

ईडीभी भर्ने आज अन्तिम दिन


  • 3.9K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 6.0K Views

    ईडीभी भर्ने आज अन्तिम दिन

    काठमाडौँ २२ कात्तिक । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ । संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला गरेको ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने अमेरिकी राजदूतावासले जानकारी दिएको हो ।

    images

    ईडीभी भर्ने म्याद कात्तिक २० गतेसम्मका लागि थियो । यद्यपि २ दिन समय थप गरी कात्तिक २२ गते अर्थात् आजसम्म भर्न सकिने व्यवस्था गरिएको थियो । अमेरिकी दूतावासका अनुसार ईडीभीमा आज साँझ १०ः४५ बजेसम्म आवेदन दिन सकिने छ । नेपालबाट पनि ईडीभी अमेरिका जानेहरूको संख्या बढ्दो छ । यसपटक पनि ईडीभी भर्नेको संख्या उच्च रहेको बताइएको छ ।

    प्रत्येक वर्ष अमेरिकन सरकार ईडीभी भिसामार्फत एशियाली देशबाट हजारौँ संख्यामा अमेरिका लैजाने गर्छ । यद्यपि एशियाली राष्ट्रका केही देशहरूले भने ईडीभी भर्न पाउँदैनन् । चीन, भारत, बंगलादेश, फिलिपिन्स, दक्षिण कोरिया लगायतका देशले ईडीभी भर्नका लागि स्वीकृति दिइएको छैन ।

    उक्त अमेरिकन ईडीभी विश्वभरबाट प्रत्येक वर्ष ५० देखि ५५ हजार मान्छेलाई पर्ने गरेको तथ्याङ्कले देखाउँछ । नेपालबाट पनि प्रत्येक वर्ष ठूलो संख्यामा ईडीभी परेर अमेरिका गइरहेको देखिन्छ ।


    तेस्रो आँखा