• ट्रेण्डिङ्ग :
हामीले चुनाव हार्‍यौँ, नतिजा स्वीकार गर्छौं : कमला ह्यारिस

हामीले चुनाव हार्‍यौँ, नतिजा स्वीकार गर्छौं : कमला ह्यारिस


  • 3.6K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.6K Views

    हामीले चुनाव हार्‍यौँ, नतिजा स्वीकार गर्छौं : कमला ह्यारिस

    काठमाडौं, २२ कात्तिक । अमेरिकी प्रजातान्त्रिक राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गर्नुभएको छ।

    images

    वाशिंगटनडीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा उहाँले आफूहरुको अभियानमा गर्व गरेको र निर्वाचनको नतिजा स्वीकार गरेको बताउनु भयो।

    आफ्नो भाषणमा ह्यारिसले डेमोक्र्याटका प्रमुख मुद्दाहरू जस्तै गर्भपात, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिनुभएको छ ।

    उहाँले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उहाँलाई विजयको लागि बधाई दिएको बताउनु भयो । शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको बताउनु भएको हो ।

     


    तेस्रो आँखा