• ट्रेण्डिङ्ग :
एमालेले उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गर्‍यो

एमालेले उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गर्‍यो


  • 3.0K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.6K Views

    एमालेले उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम सार्वजनिक गर्‍यो

    काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

    images

    एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो । घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएको हो ।

    त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उहाँहरूको काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिनुभयो ।


    तेस्रो आँखा