• ट्रेण्डिङ्ग :
‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’ : अध्यक्ष दाहाल

‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’ : अध्यक्ष दाहाल


  • 2.9K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    ‘समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस्’ : अध्यक्ष दाहाल

    काठमाडौं, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको हो ।

    images

    अध्यक्ष दाहालले आज जारी गरेका शुभकामना सन्देशमा तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा तराईबासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘छठ पर्वले चुनौतीहरूलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको सञ्चार गर्न, राष्ट्रलाई एकताबद्ध तुल्याउँदै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको बाटोमा अघि बढ्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वासका साथ सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

    ‘छठपर्व प्रकृति र मानवबिच व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित छ’, उहाँले भन्नुभएकाे छ ‘यस पर्वले प्रकृति र मानवबिचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवनोपयोगी प्राकृतिक वस्तुहरूको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्तिसमेत महत्वपूर्ण भूमिका खेल्दछ ।’


    तेस्रो आँखा