• ट्रेण्डिङ्ग :
राप्ती नदीले बगाउँदा किशोरीको मृत्यु

राप्ती नदीले बगाउँदा किशोरीको मृत्यु


  • 3.1K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    राप्ती नदीले बगाउँदा किशोरीको मृत्यु

    दाङ २२ कात्तिक । दाङमा राप्ती नदीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका(३ कालिपुरूवाकी निवासी १६ वर्षीया विद्यावती यादवको रहेकी छिन् । 

    images

    यादव बुधबार बेलुका सवा ६ बजेको समयमा लमही नगरपालिका-८ बाट घर फर्किर्दै गर्दा राप्ती नदीमा भौँसी तार्ने क्रममा बगेर बेपत्ता भएकी थिइन् ।

    उनको शव खोजी गर्ने क्रममा बिहीबार बिहान साढे ८ बजे लमही-८ धनपुरूवास्थित राप्ती नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिनुभयो । बुधबार बेलुका भौँसीमात्र घर पुगेपछि परिवारले खोजीकार्य सुरू गरेका थिए । 

     


    तेस्रो आँखा