• ट्रेण्डिङ्ग :
नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दियो

नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दियो


  • 2.2K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दियो

    काठमाडौं २२ कात्तिक । आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।

    images

    दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो । नेपालक लागि कप्तान पुजा महतोले ३८ बल खेल्द ४ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।

    ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसा कुमारी यादवले १५ रन जोडिन् । कुवेतकी आयेसा इक्वाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।


    तेस्रो आँखा