• ट्रेण्डिङ्ग :
यू-१९ महिला टी-२० विश्वकप छनोटमा कुवेतलाई हराउँदै नेपाल विजयी

यू-१९ महिला टी-२० विश्वकप छनोटमा कुवेतलाई हराउँदै नेपाल विजयी


  • 2.8K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.3K Views

    यू-१९ महिला टी-२० विश्वकप छनोटमा कुवेतलाई हराउँदै नेपाल विजयी

    काठमाडौँ २२ कात्तिक । युएईमा भईरहेको आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बिहीबार भएको खेलमा नेपालले कुवेतलाई हराउँदै दोस्रो जित निकालेको हो ।

    images

    नेपालले दिएको १३१ रनको लक्ष्य पच्छ्याएको कुवेत १३ औँ ओभरमा २२ रनमै अलआउट भयो । यससँगै नेपालले कुवेतमाथि १०८ रनको फराकिलो जित निकाल्न सफल भयो ।

    नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् । युएईको अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको थियो ।


    तेस्रो आँखा