• ट्रेण्डिङ्ग :
चुनाव जिताउन रास्वपाले  प्रदेश ‘कमाण्डर’ तोक्यो,

चुनाव जिताउन रास्वपाले  प्रदेश ‘कमाण्डर’ तोक्यो,


  • 2.9K
    SHARES
    • कार्तिक २२, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.5K Views

    चुनाव जिताउन रास्वपाले  प्रदेश ‘कमाण्डर’ तोक्यो,

    काठमाडौं, २२ कात्तिक । आगामी मंसिर १६ गते देशभर स्थानीय तह उपनिर्वाचन हुने भएपछि राजनीतिक दलहरु तयारीमा जुटेका छन । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि स्थानीय तह उपनिर्वाचनका लागि सात वटै प्रदेशमा शिर्ष नेताहरूलाई पठाउने भएको छ ।

    images

    रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने निर्णय गरेको हो ।

    बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई चुनावी कमाण्डर तोकेको छ । मधेस प्रदेशमा डा।चन्दा कार्की चुनावी कमाण्डर तोकिँदा बागमती प्रदेशमा शिशिर खनाल,गण्डकी प्रदेशमा विन्दवासिनी कंसाकारलाई चुनावी कमाण्डर बनाइएको छ ।

    यस्तै लुम्बिनी प्रदेशमा कुसुम महर्जन, कर्णाली प्रदेशमा लिमा अधिकारी र सुदूरपश्चिम प्रदेशमा विष्णु कुमार श्रेष्ठलाई कमाण्डरको जिम्मेवारी दिइएको छ । पार्टीले प्राइमेरी इलेक्सन गर्ने तयारी समेत गरेको छ ।

    rsp.jpg


    तेस्रो आँखा