काठमाडौं, २३ कात्तिक । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।
सचिव दिननाथ शर्माकाअनुसार बैठकले केन्द्रीय समिति बैठकबारे निर्णय गर्ने बताउनु भएको हो । उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमलगायतका विषयमा पनि छलफल हुने उहाँको भनाई छ ।
आगामी मङ्सिर १६ गते स्थानीय तह उपनिर्वाचन हुन गइरहेको छ । राजनीतिक दलका गतिविधि उपनिर्वाचन लक्षित हुन थालेका छन् ।
