• ट्रेण्डिङ्ग :
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै


  • 2.4K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.8K Views

    एमाले सचिवालय बैठक बस्दै

    समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट (एमाले)को सचिवालय बैठक आज बस्दै छ । 

    images

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । 

    पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने उक्त बैठकमा सहभागी हुन सचिवालय सदस्यहरू ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे, गुरुप्रसाद बराल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्माकुमारी अर्याललाई पत्राचार गरिएको उनले जानकारी दिए। 


    तेस्रो आँखा