• ट्रेण्डिङ्ग :
बागलुङ–पूर्वी रुकुम सडक : पाँचपटक म्याद थप्दा ७० प्रतिशत मात्रै काम

बागलुङ–पूर्वी रुकुम सडक : पाँचपटक म्याद थप्दा ७० प्रतिशत मात्रै काम


  • 2.2K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 3.4K Views

    बागलुङ–पूर्वी रुकुम सडक : पाँचपटक म्याद थप्दा ७० प्रतिशत मात्रै काम

    बागलुङ २४ कात्तिक । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक खण्ड अहिलेसम्म सम्पन्न भएको छैन ।

    images

    निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक निर्माण सम्पन्न हुन नसकेको हो ।

    २०७३ जेठमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको थियो । अहिलेसम्म ७० प्रतिशत मात्रै काम सकिएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरालले जानकारी दिनुभयो । सम्झौताअनुसार २०७६ जेठसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।

    इन्जिनियर खरालका अनुसार निर्माण कम्पनीको हालसम्म पाँचपटक म्याद थप गरिएको छ । अन्तिम पटक २०७९ भदौमा २०८० असारसम्मका लागि म्याद थप भए पनि त्यस यता निर्माण कम्पनीले काम नगरेको उहाँको भनाइ छ । म्याद सकिएको १६ महिनासम्म निर्माण कम्पनी काम गर्न नआएको इन्जिनियर खरालले बताउनुभयो । सडक कालोपत्र गर्न ४२ करोड ९९ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

    बागलुङ र लुकुम गाउँबीचको सडक कालोपत्र नहुँदा यात्रा गर्न समस्या हुने गरेको छ । सडक खाल्डाखुल्डी र साँघुरो हुँदा दुर्घटनाको जोखिम रहेको छ । सडक लामो समयसम्म कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले आजित भएको भूमे गाउँपालिका–१ का पृथमान गुरुङले बताउनुभयो ।


    तेस्रो आँखा