• ट्रेण्डिङ्ग :
लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन : राष्ट्रपति

लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन : राष्ट्रपति


  • 2.1K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 3.2K Views

    लोकतान्त्रिक गणतन्त्र बचाउन सरकार र राजनीतिक दल चुक्नु हुँदैन : राष्ट्रपति

    काठमाडौं२४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताउनुभएको छ । 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले गणेशमान सिंह तथा जन आन्दोलन  सहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शनिबार काठमाडौँमा आयोजित गणेशमान सिंह ११० औँ जन्म जयन्ती तथा अभिनन्दन कार्यक्रमलाई संशोधन गर्दै सो धारणा व्यक्त गर्नुभयो । 

    मुलुकभित्रै मेरो भाग्य र भविष्य सुनिश्चित छ भनेर सुखद चाहना राख्ने हरेक नेपाली युवाको सपना साकार पार्ने अनि यो कुरा यही व्यवस्थामै सम्भव छ भनेर जनतालाई भरोसा जगाउन सक्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो । 

    उहाँले गणेशमानजीले भनेजस्तो सत्ता चलेको भए आज देखिएका विकृति र विसङ्गति बेहोर्नुपर्ने थिएन भन्दै तथापि बिपी, गणेशमानले भन्दै आएको निचोडकै रूपमा वर्तमान संविधान प्राप्त गरेको पनि बताउनुभयो । राष्ट्रपति पौडेलले बिपीले गणेशमानका बारेमा भन्ने गर्नुभएको कुरा स्मरण गर्दै भन्नुभयो गणेशमानजी साहसी वीर र सङ्घर्षशील त हुनुहुन्थ्यो नै, भविष्य द्रष्टा पनि हुनुहुन्थ्यो ।

    नेपालमा लोकतन्त्र स्थापना र पुन स्थापनामा गणेशमान सिंहको योगदान उच्च रहेको उहाँले बताउनुभयो । उहाँले पद पाउन पद्धति मिच्ने र आफ्नो स्वार्थपूर्ति गर्न लोकतन्त्रको आधारभूत मूल्य मान्यता कुल्चने प्रवृत्ति लोकतन्त्रको लागि हितकर हुन सक्दैन भन्नुभयो । 

    सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र स्वतन्त्रताका पक्षमा महत्त्वपूर्ण योगदान गर्नुहुने मानवअधिकारवादी नेता कपिल श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभयो ।


    तेस्रो आँखा