• ट्रेण्डिङ्ग :
जलवायु परिवर्तनका असर न्युनिकरणमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

जलवायु परिवर्तनका असर न्युनिकरणमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह


  • 3.6K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 5.6K Views

    जलवायु परिवर्तनका असर न्युनिकरणमा विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री  सिंह

    काठमाडौं, २४ कात्तिक  । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वल्र्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्ने कुरालाई जोड दिएको बताउनु भएको छ ।

    images

    इजिप्टको कायरोमा वल्र्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताउनु भएको हाे ।

    उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनुभयाे ।

    उहाँले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टि लगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताउनुभयाे । उहाँले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रश्तुती सशक्त भएको उल्लेख गर्नभयाे । उहाँले अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायुअनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनु भयाे ।

    उहाँले भन्नुभयाे,‘युएनले नेपालमा विभिन्न सहकार्य गरी कार्यक्रमहरु गर्दै आएको छ । त्यसमा पनि विशेष गरी संघीयतामा गइसकेपछि स्थानीय निकायलाई नै इन्करेज गर्नुपर्छ, समावेश गर्नुपर्छ भनेर शहरहरु निर्माण गर्नको लागि युएन ह्याबिटाइटले धेरै ठूलो कन्ट्रिब्युसन रहेको कुरा र त्यसमा पनि हाइलाइट गर्‍यौँ । जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो शहरहरुमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नुपरिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पुर्‍याउने कुरामा जोड दिएको छु ।’

    उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्ने गरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बताउनुभयाे । गत आइतवार इजिप्ट प्रस्थान गरेका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गर्नु भएको थियाे।

    सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाउनुभयाे।


    तेस्रो आँखा