• ट्रेण्डिङ्ग :
रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने

रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने


  • 4.7K
    SHARES
    • कार्तिक २४, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 7.2K Views

    रास्वपाले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने

    काठमाडौं, २४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको संयुक्त सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

    images

    आज शनिवार बसेको केन्द्रीय समितिको बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो । राज्यको स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत भएको रास्वपाले निष्कर्ष निकालेको हो ।

    रास्वपाले सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध साँधेको ठहर गरेको छ । बैठकले समसामयिक राजनीतिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडिलाटी लगायतका विषयमा छलफल भएको कार्यबहाक प्रवक्ता मनिष झाले बताउनुभयो ।

    मुलुकमा व्याप्त सङ्गठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आम नागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । 

    यस्तै आसन्न स्थानीय तह उपनिर्वाचनका विषयमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संठित भ्रष्टाचारका विरुद्ध आम जनसमुदायमा जागृत फैलाउने अभियान सञ्चालन गर्ने निर्णय गरिएको झाले बनाउनुभयो । 

    IMG_1120.jpeg


    तेस्रो आँखा