• ट्रेण्डिङ्ग :
आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित


  • 1.9K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 2.9K Views

    आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

    काठमाडौँ २५ कात्तिक । नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बोलाउनु भएको थियो ।

    images

    तर अध्यक्ष दाहालकै व्यस्तताका कारण बैठक स्थगित भएको सचिव गणेश साहले जानकारी दिनुभयो । साहका अनुसार बैठक सोमबार बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ । बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने सचिव साहले बताउनुभयो ।


    तेस्रो आँखा