• ट्रेण्डिङ्ग :
सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त


  • 2.3K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.6K Views

    सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

    काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई आइतबार न्यायाधीश नियुक्त गर्नुभएको हो । 

    images

    योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डे दुवैको नाम अनुमोदन गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो ।

    संसदीय सुनुवाइ समितिले शुक्रबार योग्यता, क्षमता र अनुभवसमेतको आधारमा निरौला र पाण्डेय दुवैको नाम अनुमोदन गरेको थियो ।

    संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।


    तेस्रो आँखा