काठमाडौं २५ कात्तिक । चीनको राजदूतमा प्रा।डा। कृष्णप्रसाद ओली र अमेरिकाको लागि नयाँ आवासीय राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकारको सिफारिसमा चीनका लागि प्रा.डा. ओली र अमेरिकाका लागि रेग्मीलाई आवासीय राजदूतमा नियुक्त गर्नु भएको हो ।
संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएपछि राष्ट्रपति पौडेलले दुवैजनालाई आइतबार राजदूतमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
