• ट्रेण्डिङ्ग :
पक्राउ पर्दा हामीले कहिल्यै होहल्ला गरेनौँ : सभापति देउवा

पक्राउ पर्दा हामीले कहिल्यै होहल्ला गरेनौँ : सभापति देउवा


  • 3.2K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.9K Views

    पक्राउ पर्दा हामीले कहिल्यै होहल्ला गरेनौँ : सभापति देउवा

    काठमाडौं, २५ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपालाई लक्षित गदैँ काँग्रेसका नेता कार्यकर्ता पक्राउ पर्दा होहल्ला नगरेको बताउनु भएको छ ।

    images

    धनगढी विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै सभापति देउवाले रास्वपा लक्षित टिप्पणी गर्दै आफ्ना साथीहरू पक्राउ गर्दा कहिल्यै होहल्ला नगरेको बताउनु भएको हो ।

    उहाँले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको मुद्दा अदालती प्रक्रियामा रहेकाले आन्दोलन गरिरहनु नपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो–‘हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ ।’


    तेस्रो आँखा