काठमाडौं, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताउनु भएको छ ।
सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै उपसभापति अर्यालले रास्वपाको सभापति लामिछाने नै हुने बताउनुभयो ।
उहाँले पार्टी सभापतिमा लामिछानेको विकल्प नरहेको बताउनु भएको हो । उहाँले कार्यवाहक सभापति कसले पाउँछ भन्ने कुरा गौण रहेको बताउनु भएको छ ।
‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो,’उहाँले भन्नुभयो‘यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।’
