• ट्रेण्डिङ्ग :
देउवासँग दाहाल र नेपालले गरे छुट्ट छुट्टै भेटवार्ता

देउवासँग दाहाल र नेपालले गरे छुट्ट छुट्टै भेटवार्ता


  • 8.8K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    देउवासँग दाहाल र नेपालले गरे छुट्ट छुट्टै भेटवार्ता

    काठमाडाैं,१८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ । दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

    images

    ‘सामान्य भेटघाट हो, गठबन्धन दलहरूबीच सहमतिबाट एमसीसी अनुमोदन भइहाल्यो, समसामयिक विषयमा सामान्य छलफल हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘पहिले नेपाल र पछि दाहालले छुट्टाछुट्टै भेट्नुभएको हो ।’

    अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि दाहाल र नेपालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

    गठबन्धनमा चर्को विवाद र बहसका बीच गठबन्धन सरकार जोगाउनुपर्ने भन्दै प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित आइतबार एमसीसी सम्झौता अनुमोदन भएको थियो । सत्ता गठबन्धन दलहरु अब स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप