• ट्रेण्डिङ्ग :
आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट: थाइल्यान्डविरूद्ध नेपाल विजयी

आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट: थाइल्यान्डविरूद्ध नेपाल विजयी


  • 4.1K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.2K Views

    आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट: थाइल्यान्डविरूद्ध नेपाल विजयी

    काठमाडौं, २५ कात्तिक । आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा थाइल्याण्ड विरुद्ध नेपाल विजयी भएको छ । आइतबार युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको खेलमा नेपालले थाइल्यान्डमाथि १०६ रनको जित हासिल गरेको हो। 

    images

    नेपालले थाइल्यान्डलाई १ सय ४० रनको लक्ष्य दिएको थियो। तर थाइल्यान्डले १६ ओभरमा ३३ रन जोड्दै अल आउट भयो। नेपालका लागि कुशुम गोदारले ३, रचना चौधरी र रिया शर्माले २-२ विकेट लिनुभएको थियो भने कप्तान पूजा महतोले १ विकेट लिनुभयो । 

    नेपालले उत्कृष्ट बलिङ गरेकै कारण थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। यस्तै थाइल्यान्ड का ६ ब्याटरले रनको खाता समेत खोल्न सकेनन्। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो।

    प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।


    तेस्रो आँखा