• ट्रेण्डिङ्ग :
शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व हुन : उपप्रधानमन्त्री सिंह

शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व हुन : उपप्रधानमन्त्री सिंह


  • 2.5K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.8K Views

    शंखधर साख्वा प्रेरणादायी व्यक्तित्व हुन : उपप्रधानमन्त्री सिंह

    काठमाडौँ, २६ कात्तिक । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल संवतका प्रवर्तक शंखधर साख्वाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनु भएको छ ।

    images

    शंखधर साख्वा दिवसका अवसरमा नेपाल संवत् न्हू दँ राष्ट्रिय समारोह समितिले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले साख्वाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गरेको बताउनुभयो । साख्वा सामाजिक न्यायका पक्षपाती रहेको पनि सिंहले बताउनु भएको छ ।

    उपप्रधानमन्त्री सिंहले तत्कालीन समयमा नेपालीलाई ऋणमुक्त बनाउन योगदान गरेका साख्वा सामाजिक न्यायको पक्षपाती रहेको भन्दै धर्म संस्कृतिप्रति पनि उनको उत्तिकै योगदान रहेको चर्चा गर्नुभयो । साख्वाको योगदानको मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले ०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको पनि सिंहले स्मरण गर्नुभएको  हो ।

    २०६५ कात्तिक ७ गतेबाट साख्वाले प्रवर्तन गरेको नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएको छ । लखुतीर्थबाट ल्याइएको बालुवा सुनमा परिणत भएपछि राष्ट्रिय विभूति शंखधरले जनताको ऋणमोचन गरेको इतिहास रहेको छ ।


    तेस्रो आँखा