दाङ २६ कात्तिक । दाङको घोराहीमा अचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । सोमबार बिहान घोराही उपमहानगरपालिका वडा नं. १५ ट्राफिक चोक नजिकै रहेको प्रतिक्षालयमा एक पुरुष अचेत अवस्थामा फेला परेका थिए ।
अन्दाजी ३६ वर्षीय जस्तो देखिने पुरुषलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको अवस्थामा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् । ति पुरुषको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
