• ट्रेण्डिङ्ग :
स्थानीय तह उपनिर्वाचन : २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्दै

स्थानीय तह उपनिर्वाचन : २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्दै


  • 2.6K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.9K Views

    स्थानीय तह उपनिर्वाचन : २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्दै

    काठमाडौं, २६ कात्तिक । आगामी मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । नगर प्रमुख,गाउँपालिका अध्यक्ष देखी वडाध्यक्षस रिक्त रहेका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुन गइरहेको हो । दुई वटा जिल्ला समन्वय समिति समेत गरेर ४४ स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

    images

    यसैबीच निर्वाचन आयोगले सोमबार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आसन्न स्थानीय तह उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाताले भोट हाल्ने छन् ।

    निर्वाचन आयोगद्धारा अन्तिम मतदाता नामावली सार्वजनिक

    press_realese-1086x1536.jpg

     

    स्थानीय तह (४२ जिल्ला) मा महिला मतदाता १ लाख ११ हजार ८ सय ९६,पुरुष मतदाता १ लाख १४ हजार ९ सय र १ सय ८८ अन्य मतदाता गरी कूल मतदाता २ लाख २६ हजार ७ सय ९९ रहेका आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।स्थानीय तह उपनिर्वाचनका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र रहेका छन् ।

    आयोगको तयारी अन्तिम चरणमा पुगेको आयोगका सुचना अधिकारी सुमन घिमिरेले मकालुखबरलाई जानकारी दिनुभयो । निर्वाचन अधिकृतको नियुक्ती भइसकेको बताउँदै बुधवारदेखी तालिम सञ्चालन हुने अधिकारीले बतउनु भएको छ ।

    ‘मतदाता नामावली पनि आजबाट प्रिन्ट भइरहेको छ । निर्वाचन अधिकृतको नियुक्ती भइसकेको छ,उनीहरुको तालिम पर्सीबाट हुन्छ,सुचना अधिकारी घिमिरेले मकालुखबरसंग भने,आयोगको तयारी अन्तिम चरणमा पुगेको छ ।’

    स्थानीय तह उपनिर्वाचनका लागि २४ करोड माग गरिएपनि सरकारले १२ करोड मात्रै उपलब्ध गराएको आयोगका सुचना अधिकारी घिमिरेले बताउनुभयो । उपनिर्वाचनका लागि मौज्दात रहेकै सामाग्री प्रयोग गरिने उहाँको भनाई छ ।

    उम्मेदवारको मनोनयन दर्ता मंसिर २ गते हुँदैछ । मंसिर १३ गते राति १२ बजेदेखी ९मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि० निषेधित अवधि लागू हुने छ भने मंसिर १६ गते विहान ७ बजेदेखी ५ बजेसम्म निर्वाचन हुनेछ ।

    उपनिर्वाचनमा भाग लिनका लागि २५ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भई तयारीमा जुटिसकेका छन् । दलहरु अहिले उम्मेदवार छनौटमा व्यस्त छन् ।

    निर्वाचन कार्यक्रम

    election-program-mk-1024x724.jpg


    तेस्रो आँखा