• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट

राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट


  • 4.2K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.5K Views

    राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबीच संक्षिप्त भेट

    अजरबैजान, २६ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेरियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उहाँहरूबिच भेट भएको हो ।

    images

    भेटमा उहाहरूबिच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो । ‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

    महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटे गर्नुभएको थियो ।

    आजबाट सुरु भएको कोप–२९ सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुगनु भएको हो ।


    तेस्रो आँखा