• ट्रेण्डिङ्ग :
यु-१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै

यु-१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै


  • 2.0K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.1K Views

    यु-१९ महिला विश्वकप एशिया छनौट : नेपालले आज कुवेतसँग खेल्दै

    आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले आज (मंगलबार) कुवेतसँग खेल्दैछ । युएईको सेभेन्स स्टेडियममा खेल नेपाली समयअनुसार आज बिहान सवा ११ बजे शुरु हुनेछ ।

    images

    यसअघि अस्ती आइतबारको खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो । अर्को खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । नेपालले अन्तिम खेल पर्सी बिहीबार युएईसँग खेल्नेछ ।

    यसअघि  नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित घरेलु टोली युएई, थाइल्याण्ड र कुवेत सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थानमा आउने टोली आईसीसी १९ वर्षमुनीको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।  


    तेस्रो आँखा