काठमाडौं २७ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ ।
मंगलबार पोखराबाट बुद्ध एयरको विमान मार्फत लामिछानेलाई भैरहवा ल्याइएको हो । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
लामिछानेलाई भैरहवा पुर्याउने बित्तिकै रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्ध चोक, लुम्बिनी गेटमा प्रदर्शन गरिहरेको छ । विमानस्थलमा राष्ट्रिय झन्डा बोकेका सयौँ समर्थकहरूले विमानस्थल बाहिर नाराबाजी गरिरहेका छन् ।
