• ट्रेण्डिङ्ग :
यू-१९ महिला टी-२० विश्वकप : नेपालले अन्तिम खेल आज यूएईसँग खेल्दै

यू-१९ महिला टी-२० विश्वकप : नेपालले अन्तिम खेल आज यूएईसँग खेल्दै


  • 2.9K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.5K Views

    यू-१९ महिला टी-२० विश्वकप : नेपालले अन्तिम खेल आज यूएईसँग खेल्दै

    आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेल नेपालले आज (बुधबार) घरेलु टोली यूएईसँग खेल्दैछ । यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

    images

    यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १६५ रनले हराएको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । यस्तै चौंथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले हराएको थियो ।

    प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।


    तेस्रो आँखा