काठमाडौं २८ कात्तिक । परराष्ट्र मन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने हुनु भएको छ । परराष्ट्र मन्त्री राणा नोभेम्बर अन्तिम साता चीन जाने तयारीमा रहे पनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिनुभयो ।
गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए । चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघि नै औपचारिक भ्रमणको निम्तो दिइसकेको छ । प्रधानमन्त्री ओलीको भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको छ।
