• ट्रेण्डिङ्ग :
रास्वपाका सभापति लामिछानेसँग लिखित बयान सुरु

रास्वपाका सभापति लामिछानेसँग लिखित बयान सुरु


  • 3.0K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.7K Views

    रास्वपाका सभापति लामिछानेसँग लिखित बयान सुरु

    काठमाडौं २८ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेसँग लिखित बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा दोस्रो दिन उनको लिखित बयान सुरु गरिएको हो ।

    images

    हिजो प्रारम्भिक रूपमा उनलाई केही प्रश्न सोधिएको थियो । आज उनलाई लिखित रूपमा प्रश्न सोध्ने र उनको जवाफ माग्न लागिएको हो । लामिछानेको बयान आजै सक्ने तयारी गरिएको बताइएको छ । उनको बयानका लागि जिल्ला न्याधिवक्ता प्रेमराज पौडेल, बुटवलका डिएसपी विजय पण्डित र अनुसन्धान अधिकृत बसेका छन् ।

    लामिछानेमाथि सुप्रिम सहकारी ठगी प्रकरण रुपन्देहीमा अनुसन्धान भइरहेको हो । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ । २७ दिनदेखि प्रहरीको हिरासतमा रहेका लामिछानेलाई पोखराबाट बुद्ध एयरको विमान मार्फत हिजो भैरहवा लगिएको थियो ।


    तेस्रो आँखा