• ट्रेण्डिङ्ग :
भारतका सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

भारतका सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै


  • 3.0K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.6K Views

    भारतका सेनाध्यक्ष द्विवेदी नेपाल आउँदै

    काठमाडौं २८ कात्तिक । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी पाँच दिने भ्रमणका लागि मंसिर ५ गते नेपाल आउने भएका छन् । उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ ।

    images

    नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् । उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

    नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन् । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानविर राई र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम समेत तय भएको छ ।


    तेस्रो आँखा