• ट्रेण्डिङ्ग :
महिला सशक्तीकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : प्रदीप यादव

महिला सशक्तीकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : प्रदीप यादव


  • 2.4K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.8K Views

    महिला सशक्तीकरणका अभियान बिस्तार गर्ने योजनामा छौँ : प्रदीप यादव

    काठमाडौँ, २८ कात्तिक । खानेपानीमन्त्री प्रदीप यादवले महिला सशक्तीकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनु भएको छ । 

    images

    बुधवार वीरगञ्जमा आयोजित वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दा बढी किशोरीहरूलाई आत्मरक्षाका लागि दिएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले महिला सशक्तीकरणका अभियानलाई बिस्तार गर्ने योजनामा सरकार रहेको बताउनु भएको छ ।

    उहाँले वीरगञ्ज महानगरपालिकाले सुरु गरेको अभियान सुरुवात मात्रै भएको भन्दै अन्य जिल्लाहरूमा पनि किशोरीहरूका लागि आत्मरक्षाको कार्यक्रम अघि बढाउँदै लैजाने बताउनु भएको हो । किशोरीहरूको सशक्तीकरणको लागि तालिम कार्यक्रमहरू सञ्चालन गर्न सरकारले अब ढिला नगर्ने बताउनुभयो ।

    मन्त्री यादवले यस्ता तालिमहरूले जीवनमा आत्मबल, आत्मविश्वास बढाउने, शारीरिक र मानसिक रूपले बलियो बनाउने र हिंसाजन्य गतिविधि भए प्रतिकार गर्न सिकाउने बताउनु भएको हो । महानगरपालिकाले एकसाथ १० हजार भन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एक साथ तालिम दिएर महानगरको नाम लेखाउने तयारीअनुसार तालिम कार्यक्रम आयोजना गरिएको हो ।


    तेस्रो आँखा