• ट्रेण्डिङ्ग :
बिना कामकाे ज्याला लिनु लज्जाकाे बिषय हाे -भट्टराइ

बिना कामकाे ज्याला लिनु लज्जाकाे बिषय हाे -भट्टराइ


  • 7.5K
    SHARES
    • फाल्गुण १८, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    बिना कामकाे ज्याला लिनु लज्जाकाे बिषय हाे -भट्टराइ

    काठमाडाैं,१८ फागुन । जनताको सर्वेच्च निकाय प्रतिनिधिसभालाई कामबिहिन बनाएर सधै अवरोध गरिरहनु राम्रो नभएको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराइले बताएका छन् । लामो समयदेखि अवरुद्ध संसद बैठक निरन्तर स्थगीत गरिएपछि उनले संसदमा हाजिर गरे भत्ता लिनु लाजमर्दो भएको बताएका हुन् ।

    images

    ६ महिनासम्म संसद नचलाएर जनताको अपमान भएको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराइले सत्ता पक्ष र प्रतिपक्ष सबैले जिम्मेवारी हुनु पर्ने बताए ।  उनले भने,‘ आउँने हाजिर गर्ने र विना कामको ज्याला लिनु उपर्युक्त हुँदैन, यो जनताको अपमान हो ।’

    विगत ६ महिनादेखि प्रतिनिधिसभाको बैठक सुरु भएको २–२ मिनेट स्थगीत गरेर सांसदहरुले भत्ता पचाउने मेलो मात्र गरिरहेका छन् । विशेषगरी एमालेका कारण निरन्तर संसद अवरुद्ध हुँदै आएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप