• ट्रेण्डिङ्ग :
मंसिरभित्र बुटवल-नारायणगढ सडकको काम सुरु नभए ठेक्का तोड्ने ओलीको चेतावनी

मंसिरभित्र बुटवल-नारायणगढ सडकको काम सुरु नभए ठेक्का तोड्ने ओलीको चेतावनी


  • 4.3K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.7K Views

    मंसिरभित्र बुटवल-नारायणगढ सडकको काम सुरु नभए ठेक्का तोड्ने ओलीको चेतावनी

    काठमाडौं २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल- नारायणगढ सडकखण्ड निर्माणको काम तोड्ने चेतावनी दिनु भएको छ ।

    images

    प्रधानमन्त्री ओलीले रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरुसहित बिहीबार भएको छलफलमा आउँदो मंसिरभित्र काम सुरु नभएमा ठेक्का  तोड्ने चेतावनी दिनु भएको हो । उहाँले सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा छिट्टै टुङ्गोमा पुग्ने बताउनुभयो । छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभएमा बाध्यतावस ठेक्का तोड्नुको विकल्प नहुने बताएको उहाँको सचिवालयले जनाएको छ ।

    उहाँले विश्वसनीयरुपमा काम गर्छ भने जिम्मेवारी लिएको ठेकेदार कम्पनीलाई काम लगाउन उचित हुने जनाउँदै काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताउनुभयो । पूर्वी नवलपरासीको जिल्ला समन्वय समिति प्रमुख भगौती यादव रुदलले निर्माण कार्यमा लापरवाही भएको भन्दै प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउनु भएको थियो । 

    चाइनास्टेट कम्पनीसँग उक्त सडक खण्ड २०७९ साउन २२ सम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७५ चैत ८ गते ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।

    सो छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी हुनु भएको थियो ।


    तेस्रो आँखा