• ट्रेण्डिङ्ग :
रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा दर्ता

रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा दर्ता


  • 4.3K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.5K Views

    रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा दर्ता

    काठमाडौँ, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद र केन्द्रीय नेतासहितका पदाधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ ।

    images

    अदालतको अवहेलना गरेको भन्दै उनिहरु विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

    सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने प्रहरीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, सङ्गठित अपराध लगायतमा अनुसन्धान भइरहेको छ 

    लामिछानेमाथि अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।

    अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएको उहाँले बताउनुभयो ।

    यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ ।


    तेस्रो आँखा