• ट्रेण्डिङ्ग :
सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएन : मन्त्री गुरुङ

सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएन : मन्त्री गुरुङ


  • 2.1K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.2K Views

    सरकारले आइटी दशक घोषणा गर्यो तर बजेट छुट्याएन : मन्त्री गुरुङ

    काठमाडौँ, २९ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गरी राज्यप्रति विश्वास हुने वातावरण सिर्जना गर्ने काममा लागिरहेको बताउनु भएको छ ।

    images

    बिहीबार काठमाडौँमा स्टार्टअप एण्ड मिडिया फेस्ट-२०२४ को उद्घाटन गर्दै उनले यस्तो बताउनु भएको छ । उहााले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरू विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भएको हो ।

    उहाँले अघिल्लो सरकारले आइटी दशक घोषणा गरेको भएपनि बजेट शून्य रहेको बताउनु भएको छ । उनले कृषिमा प्रविधिको दशक सुरु भएको घोषण गरेको तर बजेट शून्य रहेको भन्दै सरकारका यस्ता गतिविधिहरूले युवाहरू विदेश पलायन भइरहेको बताउनु भएको हो । मन्त्री गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रूपमा र सूचना प्रविधिलाई उद्योगको रूपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको बताउनुभयो ।

    मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको बताउनु भएको छ । त्यसको लागि विशेष व्यवस्था गरेर भएपनि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न आफू लागिपरेको बताउनुभयो । त्यसको लाग सरकारी क्षेत्रबाट नै आफूले सुरुवात गर्न चाहेको बताउनु भएको हो । 

    मन्त्री गुरुङले ०८४ अगाडिका ३ वर्षमा ३ लाख आइटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गर्नुभयो । 


    तेस्रो आँखा