• ट्रेण्डिङ्ग :
बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल

बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल


  • 3.0K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.7K Views

    बुटवल-नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छ : भौतिकमन्त्री दाहाल

    काठमाडौँ, २९ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताउनु भएको छ ।

    images

    बिहीबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरूले निर्माण कार्यमा लापरबाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । उहाँले मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएपनि काम अहिलेसम्म थालनी नभएको बताउनुभएको छ ।

    उहाँले एडिबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताउनु भएको हो । उहाँले समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएको बताउनु भएको हो । उहाँले पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्ने एसएमएस पठाएको बताउनुभयो ।

    उहाँले डिसेम्बरबाट सडक निर्माणको काम थालनी गरेको अवस्थामा भने त्यही निर्माण कम्पनीलाई काम गर्ने दिने तयारी मन्त्रालयले गरेको पनि बताउनु भएको छ । 


    तेस्रो आँखा