• ट्रेण्डिङ्ग :
रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै


  • 3.7K
    SHARES
    • कार्तिक २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.8K Views

    रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

    काठमाडौं, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाइने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझाउनका लागि प्रधानमन्त्रीको समय मागिएको छ ।

    images

    सहकारीको रकम अपचलन गरेको आरोपमा पार्टी सभापति रवि लामिछाने प्रहरी हिरासतमा छन् । यही कार्तिक २ गते पार्टी केन्द्रिय कार्यालय बनस्थलीबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो । रास्वपाले पार्टी सभापतिमाथि सरकारले गरिरहेको प्रतिशोधलाई लिएर ज्ञापनपत्र बुझाउन लागिएको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

    पार्टी सभापति लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधिरहेको बताउँदै आएको छ ।


    तेस्रो आँखा