• ट्रेण्डिङ्ग :
जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा राष्ट्रपति पौडेलको जोड

जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा राष्ट्रपति पौडेलको जोड


  • 3.1K
    SHARES
    • कार्तिक ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.7K Views

    जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिमा राष्ट्रपति पौडेलको जोड

    काठमाडौं, ३० कात्तिक । अजरबैजानको बाकुमा आयोजित कोप-२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ ।

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप-२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्किनुभएको छ ।

    सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले नेपालले कोप-२९ मा राष्ट्रपति पौडेलले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई विशेष जोड दिएको बताउनु भएको हो ।

    उहाँकाअनुसार राष्ट्रपति पौडेलले जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्शानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भएको छ ।

    जलवायु न्यायका लागि विकसित देशहरुले विकासशिल देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिएको पनि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहसचिव राईले बताउनुभयो ।

    अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गर्नुभएको थियो ।

    जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवले राख्नुभएको बताउनु भएको हो ।

    त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबको भेटमा अबको १ वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने कुरा गरेको जानकारी दिनुभयो ।

    उहाँले नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रश्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको कुरा पनि राष्ट्रपति अलियबले बताउनुभएको सहसचिव राईले जानकारी दिनुभएको थियो ।

    सहसचिव राईकाअनुसार राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको छ ।

    हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको र सगरमाथा संवादमा उपस्थित हुन आह्वान गरेकोे बताउनु भएको हो ।


    तेस्रो आँखा