• ट्रेण्डिङ्ग :
बेवारिसे रहेर हुर्केका बालबालिकालाई नागरिकता प्रदान गर्ने कुरा गम्भीर समस्याको रूपमा छ : सभामुख घिमिरे

बेवारिसे रहेर हुर्केका बालबालिकालाई नागरिकता प्रदान गर्ने कुरा गम्भीर समस्याको रूपमा छ : सभामुख घिमिरे


  • 2.5K
    SHARES
    • कार्तिक ३०, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 3.9K Views

    बेवारिसे रहेर हुर्केका बालबालिकालाई नागरिकता प्रदान गर्ने कुरा गम्भीर समस्याको रूपमा छ : सभामुख घिमिरे

    काठमाडौँ, ३० कात्तिक । सभामुख देवराज घिमिरेले बेवारिसे भई हुर्किएका बालबालिकाहरूलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रूपमा रहेको बताउनु भएको छ ।

    images

    शुक्रवार काठमाडौँमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै बेवारिसे रहेर हुर्केका बालबालिकालाई नागरिकता प्रदान गर्नेकुरा गम्भीर समस्याको रूपमा भएको उहाँले यस्तो बताउनु भएको हो ।

    उहाँले यो विषय संसद्मा पनि छलफलको विषय बनेको बताउनुभयो । यसबारेमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानुनले व्यवस्था गरेको हिसाबबाट नसमेटिएकालाई कसरी नागरिकता दिने भन्नेबारेमा कार्यदल नै बनाइ काम गरिरहेको बताउनु भएको छ ।

    उहाँले कार्यदलले प्रतिवेदन दिइसकेपछि सरकारले चाँडै कानुन बनाउने र संसद्मा बहस हुने अपेक्षा गर्नुभएको छ । यौनिक, अल्पसंख्यक रूपमा रहेका समुदायहरूलाई मानवको रूपमा व्यवहार नगर्ने खालको परिपाटी रहेको भन्दै यसको बारेमा राजनीतिक क्षेत्रबाट मूलतः अभियानहरूबाट कार्यक्रम लैजाने र उनीहरूको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो ।

    तदनुकलुको अन्य कानुनी प्रबन्धहरू मिलाउने काम गर्न जरुरी रहेको पनि सभामुख घिमिरेले बतायनु भएको छ । बोल्न नसक्ने बालबालिका र किशोरकिशोरीहरुका समस्या समाधान गर्न उनीहरूका समस्या दोभाषेका माध्यमबाट आवश्यकता पूरा गर्नुपर्ने बताउनु भएको हो । भौतिक संरचना निर्माण गर्दा हिँड्न नसक्नेहरूका लागि तदअनुकुल वातावरणका भौतिक संरचना निर्माण गर्ने कानुनी प्रबन्ध भइरहेको भइरहेको पनि बताउनुभयो ।

    सभामुख घिमिरेले सबै खालका बालबालिकाहरूलाई राष्ट्रिय गौरवको रूपबाट अगाडि लैजानका लागि चाहिने सबै प्रबन्ध मिलाउन राज्यमा सुशासन र राज्य आर्थिक रूपबाट मजबुत हुन जरुरी रहेको बताउनु भएको छ । 


    तेस्रो आँखा