• ट्रेण्डिङ्ग :
भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय चाडै खाेजिन्छ-मन्त्री खाण

भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय चाडै खाेजिन्छ-मन्त्री खाण


  • 7.1K
    SHARES
    • फाल्गुण १९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय चाडै खाेजिन्छ-मन्त्री खाण

    काठमाडाैं,१९ फागुा । गृहमन्त्री बालकृष्ण खाणले ‘भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय’ खोज्ने बताएका छन् । समस्या समाधानका उपाय खाेज्न  गठित कार्यदलले तयार पारेको प्रतिवेदन विस्तृत अध्ययनपछि कार्यान्वयनमा लैजाने बताउँदै मन्त्री खाणले भिजिट भिसासम्बन्धी कानुनी तथा नीतिगत समस्यालाइ सुधार गरिने बताएका हुन् ।

    images

    मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन बुझिसकेकाे उनले बताए । उक्त प्रतिवेदन अध्यान हुदै गरेकाे उनकाे भनाइ छ ।  विभिन्न देशमा भिजिट भिसामा जानेहरूबाट सिर्जित समस्या तथा समाधानका लागि गत माघ ११ गते कार्यदल गठन भएको हो । 

    प्रतिवेदनमा समा समस्या र समस्या समाधानका लागि उपाय र सुझाव समेटिएका छन् कार्यदलका संयाेजक फणिन्द्रमणि पाेखरेलले बताए ।  भ्रमण गर्ने व्यक्तिको पहिचान, आवश्यकता र आधार खोज्न सरकारलाइ सुझाएको उनले जानकारी दिए  । भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम सरलीकृत, पारदर्शी र छिटोछरितो बनाउनेजस्ता सुझाव समेटिएका छन् । त्यस्तै वैदेशिक रोजगारीका लागि इजाजत लिएका वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले श्रम अनुमति नलिई भिजिट भिसामा वा अन्य तरिकाले व्यक्तिलाई विदेश पठाएको पाइएमा वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिम कारबाहीको सिफारिस गरिएको छ ।

    कार्यदलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल र परराष्ट्र मन्त्रालयका सहसचिव हरिषचन्द्र पौडेल सदस्य थिए । त्यस्तै नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, अध्यागमन विभागका उपसचिव प्रकाशचन्द्र अधिकारी र वैदेशिक रोजगार प्रवद्धन बोर्डका उपसचिव दीनबन्धु सुवेदी पनि सदस्य रहेका छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप