काठमाडौं २ मंसिर । पाल्पाको रामपुर नगरपालिका ३ बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत फेला परेकी छन् । मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका लागि रामपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । सो घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
