काठमाडौ २ मंसिर । नेपाल परिवार दलले यहि मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ ।
दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिनु भएको हो । ढकालले सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराऊन नेपाल परिवार दलले आफ्ना सदस्य, सुभेच्छुक तथा आम मतदातामा हार्दिक आह्वान समेत गर्न भएको छ ।
