दाङ २ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पोख्रेलको निधनप्रति दुः ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।
पोख्रेल परिवारको निवास घोराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पोख्रेल प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नु भएको हो ।
सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्याउन पोख्रेलले खेलेको भूमिका र पुर्याउनु भएको योगदानलाइ पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नु भएको छ ।,दाङ जिल्लाको मात्र नभएर सिंगो देशको कम्युनिस्ट आन्दोलनलाइ उचाइमा पुर्याउन उहाँले खेलेको भूमिका सधैं स्मरणीय रहनेछ-उहाँले भन्नू भएको छ,समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेको छ ।, पार्टी महासचिव शंकर पोख्रेलका दाजु पोख्रेलको कार्तिक २३ गते ७४ बर्षको उमेरमा निधन भएको थियो ।
