काठमाडौं, १९ फागुन । आत्मघाती गोलको मद्दतमा युभेन्ट्सले कोपा इटालिया फुटबलको सेमिफाइनलको पहिलो खेलमा जित निकालेको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्सले फियोरेन्टिनालाई एक शुन्य गोल अन्तरले हराएको हो ।
खेलको इन्जुरी समयमा फियोरेन्टिनाका लोरान्जो भेनुटीले गरेको आन्मघाती गोल नै युभेन्ट्सको जितको निर्णायक गोल बन्यो ।
यस जित सँगै युभेन्ट्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
दुई टोलीबीचको दोस्रो खेल आगामी अप्रिल २० मा हुनेछ ।
