काठमाडौं ३ मंसिर । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दै छ । बैठक सोमबार बिहान १०ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।
