काठमाडौं ३ मंसिर । सोमबारका लागि तय भएको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।
सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ । बैठक भोली बस्ने भएको छ ।
बैठक भोली दिउँसो ४ बजे बस्ने उपाध्यक्ष पम्फा भूसाल जानकारी दिनुभयो । बैठकमा स्थानीय तह उपनिर्वाचनदेखि माओवादी केन्द्रले यसअघि तय गरेको पालिका सम्मेलन, केन्द्रीय समितिको बैठक लगायत विभिन्न कार्यक्रमका बिषयमा छलफल हुने भएको छ ।
