काठमाडौं, १९ फागुन। सरकार सम्बद्ध गठबन्धनको बैठक बालुवाटारमा सम्पनन भएको छ। प्रधानमन्त्री कार्यालमा भएको बैठकमा वर्तमान गठबन्धनलाई निरन्तर अघि बढाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
छलफलमा जनताको सार्वभौम संसदको गतिरोध हटाउन प्रमुख प्रतिपक्षदलसँग आग्रह गर्ने र संसदमा अड्केर रहेका विभिन्न विधेयकहरुलाई छलफलबाट टुंग्याउने विषयमा छलफल भएको उनले जानकारी दिए। कार्कीले भने, ‘संविधान र राष्ट्रियताको रक्षार्थ बनेको गठबन्धन निरन्तर कायमै रहन्छ।’
गठबन्धनमा अहिले चार दलमात्रै देखिएपनि एमसीसीको विषयमा मात्रै जनमोर्चाको असहमति रहेकाले अन्य विषयमा सँगै रहेको उनले बताए। ‘वाहाहरुको असहमति एमसीसीको विषयमा मात्रै हो,’ ‘सरकार सञ्चालनका विषयमा पाँच दल एकै ठाउमा छौं।’ पाँच वर्ष भित्र एमसीसी संझौता भएर अघि बढेको परियोजनाको काम सम्पन्न गर्न नसके रकम फिर्ता जाने उनको भनाइ छ।
३ सय १५ किलो मिटर ट्रन्समिशन लाइन र अन्तर्राष्ट्रिय स्थतरको सडकको काम सकेर मुलुकको गरिवी निवारण गर्ने तथा देश र जनतालाइ दिगो आर्थिक विकासमा अग्रसर गराउने कुरामा गठबन्धन एकमतका साथ अघि बढेको र आजको छलफलमा यो विषयले प्राथमिक्ता पाएको उनले बताए।
संसदमा अड्कीएर रहेका विधेयकहरुलाई अघि बढाउन जनताको सर्वोच्च निकाय व्यवस्थापिका संसदलाई सुरु गर्न सबैको एकताका साथ अघि बढ्ने भन्ने विषयमासमेत छलफल भएको कार्कीले बताए ।
