• ट्रेण्डिङ्ग :
पूर्व सभामुखको निधन प्रति मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली अर्पण

पूर्व सभामुखको निधन प्रति मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली अर्पण


  • 2.3K
    SHARES
    • मंसिर ३, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.6K Views

    पूर्व सभामुखको निधन प्रति मुख्यमन्त्रीद्धारा श्रद्धाञ्जली अर्पण

    दाङ ३ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।

    images

    विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी भएको, नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँले पुर्‍याउनु भएको योगदानको मुख्यमन्त्री आचार्यले स्मरण गर्नु भएको छ ।

    प्रतिनिधि सभाका पूर्व सभामुख ढुङ्गानाको उपचारको क्रममा  मंसिर २ गते भएको निधन भएको थियो ।


    तेस्रो आँखा